भारतीय दूतावासमा गोली चल्यो, एक जनाको मृत्यु

सिंहको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

नेपालभ्युज

भारतीय दूतावासमा गोली चल्यो, एक जनाको मृत्यु
प्रतिकात्मक तस्वीर ।

काठमाडौं। भारतीय दूतावासमा गोली चलेको छ। काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासको कार्यालयभित्र ड्युटीमा रहेका सुरक्षा गार्डले गोली चलाएका हुन्।

दूतावासको सुरक्षाका लागि खटिएका निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको राइफल प्रयोग गरेर आत्महत्या गरेका हुन्।

सिंहले आफूसँग रहेको इन्सास राइफलबाट आफैँलाई गोली प्रहार गरेका दूतावास स्रोतले जानकारी दिएको छ। सिंहको घटनास्थलमै मृत्यु भएको छ।

सिंहको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। उक्त घटनाको दूतावासले आफैले अनुसन्धान गर्ने तयारी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved