पत्रकार कल्याण कोषलााई एक लाख सहयोग

महासङ्घ मधेश प्रदेश समितिले पत्रकारको कल्याण र आकस्मिक उपचार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले पत्रकार कल्याण कोषको स्थापना गरेको छ।

नेपालभ्युज

पत्रकार कल्याण कोषलााई एक लाख सहयोग

महोत्तरी। नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशको पत्रकार कल्याण कोषलाई महोत्तरीको मटिहानी नगरपालिकाले एक लाख रुपैयाँ प्रदान गरेको छ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले शुक्रबार महासङ्घ मधेश प्रदेश अध्यक्ष राजेशकुमार कर्णलाई कोषका लागि एक लाखको चेक हस्तान्तरण गरे।

महासङ्घ मधेश प्रदेश समितिले पत्रकारको कल्याण र आकस्मिक उपचार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले पत्रकार कल्याण कोषको स्थापना गरेको छ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेटमा पनि सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम समेटेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved