दलित भएकै कारण कोठा नदिएको भन्दै भक्तपुर प्रहरीमा उजुरी

नयाँ घरको कोठामा सामान सार्दासार्दै दलित भएको थाहा पाएपछि निकालिएको भन्दै मुना दयाल भनिने सम्झना विश्वकर्माले बिहीबार प्रहरीमा उजुरी दिएकी हुन्।

नेपालभ्युज

दलित भएकै कारण कोठा नदिएको भन्दै भक्तपुर प्रहरीमा उजुरी

काठमाडौं। दलित भएकै कारण घरबेटीले कोठा भाडामा नदिएको भन्दै भक्तपुर प्रहरीमा उजुरी परेको छ। नयाँ घरको कोठामा सामान सार्दासार्दै दलित भएको थाहा पाएपछि निकालिएको भन्दै मुना दयाल भनिने सम्झना विश्वकर्माले बिहीबार प्रहरीमा उजुरी दिएकी हुन्।

चाँगुनारायण नगरपालिका–४ स्थित कविता रायमाझीको घरमा सामान सार्दासार्दै आफू दलित भएको थाहा पाएपछि निकालिनुपरेको ओखलढुङ्गा मोलुङ गाउँपालिका–८ घर भएकी २४ वर्षीय मुनाले दलितले आरोप लगाएकी छिन्।

उनका श्रीमान् रोजगार सिलसिलामा साउदी अरब बस्दै आएका छन्। छुट्टी मनाउन नेपाल आएका उनी तीन महिनाअघि मात्रै विदेश फर्किएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved