घुसकाण्डमा मुछिएका न्यायाधीश र वकीललाई कारबाही नगरिए कारबाही गर्छौं : प्रवक्ता शाही

नेपालभ्युज

घुसकाण्डमा मुछिएका न्यायाधीश र वकीललाई कारबाही नगरिए कारबाही गर्छौं : प्रवक्ता शाही

काठमाडौं। घुस प्रकरणमा मुछिएका न्यायाधीश र वकीललाई तुरुन्त कारबाही गर्न राप्रपाले माग गरेको छ।

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न न्यायाधीश राजकुमार कोइराला र अभिवक्ता रुद्रप्रसाद पोखरेलबीच पैसाको बार्गेनिङ भएको अडिओ सार्वजनिक भएपछि उनीहरूलाई तुरुन्त कारबाहीको माग गर्दै राप्रपाले न्यायपरिषद्‍मा निवेदन दिएको हो। राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले आज निवेदन दर्ता गराएका छन्।

उक्त निवेदनमा न्यायाधीश कोइरालालाई अबदेखि कुनै पनि न्यायिक तथा कानूनी कार्यमा संलग्न हुन नपाउने गरी कानूनबमोजिम कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ। आफूहरूले दिएको निवेदनलाई कार्यान्वयन नगरिए राप्रपाले आन्दोलन गर्ने प्रवक्ता थापाले चेतावनी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved