२५० ओटा सार्वजनिक शौचालय सञ्चालनमा ल्याउँदै काठमाडौं महानगर

‘‘यो स्वतस्फूर्त कार्यक्रम हो। कसैलाई कर गरिएको छैन। सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाहले भने, ‘व्यापार गर्नेले सेवा पनि गर्छु भनेर आउनुभयो। यसको म प्रशंशा गर्न चाहन्छु। यसमा कसैलाई दबाब छैन। अब दबाबले होइन, मिलेर काम गर्नुपर्छ।’’

नेपालभ्युज

२५० ओटा सार्वजनिक शौचालय सञ्चालनमा ल्याउँदै काठमाडौं महानगर

काठमाडौं। काठमाडौं महानगरपालिकाले २५० ओटा सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने भएको छ।

३३ ओटा संघसंस्थाका प्रतिनिधिहरुसँग महानगरले सोमबार सम्झौता गरेको हो। महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरको तर्फबाट निर्देशक नुरनिधि न्यौपानेले हस्ताक्षर गरेका थिए भने दोस्रो पक्षकातर्फबाट प्रतिनिधिहरुले हस्ताक्षर गरेका थिए। नविल बैङ्कसँग यसअघि नै सम्झौता भइसकेको छ।

सम्झौता आउँदो ५ वर्षका लागि हो। यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउने छन्। यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरुकै हुनेछ। यसबापत सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्ने छैनन्।

यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्यांकन गर्न दुवै पक्षबाट १/१ जना प्रतिनिधि तोक्नेछ। उनीहरुले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन्। महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आह्वान गरेको थियो।

प्रकाशित सूचनाका आधारमा ७ दिनमा ३८ वटा संघसंस्था सम्पर्कमा आएका थिए। तीमध्ये केहीले सार्वजनिक शौचालयको लोगो निर्माण गरिदिने बताएका छन् भने सम्पर्क गरेकामध्ये सम्झौताका बेला केहीसँग सम्पर्क हुन सकेको थिएन।

‘‘यो स्वतस्फूर्त कार्यक्रम हो। कसैलाई कर गरिएको छैन। सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाहले भने, ‘‘व्यापार गर्नेले सेवा पनि गर्छु भनेर आउनुभयो। यसको म प्रशंशा गर्न चाहन्छु। यसमा कसैलाई दबाब छैन। अब दबाबले होइन, मिलेर काम गर्नुपर्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved