रवि लामिछानेले खाेले नयाँ दल, दलकाे नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आज नयाँ राजनीतिक दलको घोषणा गरेका छन्। राष्ट्रिय सभागृहमा अहिले कार्यक्रममा उनको दलको औपचारिक घोषणा गरेका छन्।

नेपालभ्युज

काठमाडौं। सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आज नयाँ राजनीतिक दलको घोषणा गरेका छन्। राष्ट्रिय सभागृहमा अहिले कार्यक्रममा उनको दलको औपचारिक घोषणा गरेका छन्।

उनले आफ्नो नयाँ दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राखेका छन्। देशभर स्वतन्त्र रूपमा उम्मेदवार दिनेहरू आफ्नो पार्टीमा रहन सक्ने बताएका छन्।

उनले अरू पुराना दलहरूमा विलीन नहुने भन्दै आम नागरिकलाई चाहिएको जस्तो राजनीतिक दल बनाउने दाबी गरे।

उनले प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षतर्फ काठमाडौंबाट उम्मेदवारी दिन चाहेका छन्।

संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने आशामा उनले यो निर्णय लिएका हुन्। रविले काठमाडौंको बसुन्धारामा आफ्नो कार्यालय स्थापना गरिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved