एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी र पोलिटब्यूरो बैठक

माधवकुमार नेपाल नेतृत्वको नेकपा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी र पालिटब्यूरोको बैठक बोलाएको छ। यही असार १० र ११ गते काठमाडौंमा बस्ने गरी बोलाइएको छ।

नेपालभ्युज

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी र पोलिटब्यूरो बैठक
फाइल तस्वीर

काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेकपा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी र पालिटब्यूरोको बैठक बोलाएको छ। यही असार १० र ११ गते काठमाडौंमा बस्ने गरी बोलाइएको छ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण बिसीका अनुसार असार १० गते पोलिटब्यूरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ। बैठकमा गत ३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ।

बैठकले आगामी संसदीय निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारेमा पनि छलफल गर्नेछ। बैठकले यसअघि बसेको स्थायी कमिटीको बैठकका निर्णय अनुमोदन गर्ने समेत बताइएको छ।

यस्तै, बैठकमा केन्द्रीय नेताहरूले सम्बन्धित क्षेत्र, प्रदेशमा सङ्गठनको अवस्था, सङ्गठन विस्तारको कार्ययोजनाबारे पनि बैठकमा प्रतिवेदन पेस गर्नेछन्। केन्द्रीय कमिटीका लागि केही थप एजेन्डा भने पोलिटब्यूरो बैठकले तय गर्नेछ।

त्यसपछि असार १३ र १४ गते केन्द्रीय परिषद्को बैठक बस्नेछ। परिषद्को बैठकमा देशभरका प्रत्येक निर्वाचित क्षेत्रबाट एक जना महिला र पुरुषको सहभागिता हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved