‘नेपालमा मेडिकल कलेज खोल्न दिएनन्, अब दुबईमा खोल्छु’

नेपालभ्युज

‘नेपालमा मेडिकल कलेज खोल्न दिएनन्, अब दुबईमा खोल्छु’

काठमाडौं । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले दुबईमा मेडिकल कलेज खोल्ने घोषणा गरेका छन्।

झापाको बिर्तामोडमा रहेको आफ्नो बीएण्डसी अस्पतालमा आज एक कार्यक्रममा उनले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने बताएका हुन।

त्यहाँ उनले भने, “मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्, बीएण्डसी दुबई भनेर म त्यहाँ मेडिकल कलेज खोल्छु। हामीले बीएण्डसी दुबई भनेर एकअर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौं।”

नेपाल भ्रमणमा रहेका दुबईका ‘राजकुमार’ शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम र आफूबीच यस विषयमा समझदारी पनि भएको उनले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved