काठमाडौं महानगरको नीति तथा कार्यक्रम : एमफी थियटरदेखि ऐलाको ब्राण्डिङसम्म

काठमाडौं उपत्यकामा मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकायसँग सहकार्य गर्ने घोषणा महानगरपालिकाले गरेको छ।

नेपालभ्युज

काठमाडौं महानगरको नीति तथा कार्यक्रम : एमफी थियटरदेखि ऐलाको ब्राण्डिङसम्म

काठमाडौं। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा एम्फी थियटरदेखि ऐलाको ब्राण्डिङसम्मका योजनाहरू समेटिएका छन्।

नेवार समुदायको नेवा समुदायको लोकप्रिय पेयपदार्थ ऐलालाई ब्राण्डिङ गर्ने नीति तथा कार्यक्रममा भनिएको छ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाका मेयर बालेन्द्र शाहले कानूनी प्रक्रिया पूरा गरी ऐलालाई अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्ने घोषणा गरे।

नीति तथा कार्यक्रममा महानगरपालिकाले काठमाडौं उपत्यकामा मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकयसँग सहकार्य गर्ने घोषणा गरेको छ।

बागदरबार भत्काउने निर्णय गरेर निवर्तमान मेयर विद्यासुन्दर शाक्य विवादित भएकोमा नवनिर्वाचित जनप्रतिनिधिले त्यसको प्रवलीकरण (रेट्रोफिट) गर्ने नीति ल्याएका छन्।

यसैगरी कला क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि महानगरभित्रका डबलीको पुनर्स्थापना गर्ने र एमफी थिएटर निर्माण गर्ने योजना नीति तथा कार्यक्रममा समेटिएको छ।

यसैगरी काठमाडौं महानगरभित्र होमस्टे सञ्चालन गर्ने, तीनकुनेको जग्गा विवाद सामधान गरी आवश्यक पूर्वाधार निर्माणका लागि संघीय सरकारसँग समन्वय गरी कार्य गर्ने, सरकारी, सार्वजनिक, निजी संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गर्ने, बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरू निर्माण गर्ने लगायतका योजना नीति तथा कार्यक्रममा समेटिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved