अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले आज संसदीय समितिमा जवाफ दिने

सिंहदरबारस्थित संसदीय सचिवालयमा बिहान १० बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रमणका सन्दर्भमा उठेका सवालहरूको जवाफका लागि बोलाइएको छ।

नेपालभ्युज

अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले आज संसदीय समितिमा जवाफ दिने

काठमाडौं। प्रतिनिधिसभा अन्तर्रगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आज बस्दैछ। सिंहदरबारस्थित संसदीय सचिवालयमा बिहान १० बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रमणका सन्दर्भमा उठेका सवालहरूको जवाफका लागि बोलाइएको छ।

बैठकमा एसपीपीबारे सरकारको निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवासँग आसन्न अमेरिका भ्रमण छलफलको एजेण्डा रहेको छ।

शुक्रबार बसेको समितिको बैठकले एसपीपीबारे सरकारको निर्णय औपचारिक रूपमा समितिमा पेस गर्न निर्देशन दिएको थियो।

उक्त बैठकले सरकारको भनाइ मौखिक रूपमा नभई निर्णयका रूपमा आउनुपर्ने ठहर गरेको थियो। यसअघि परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालगायतसँग एसपीपीका सवालमा छलफल भइसकेको छ।

समितिले प्रधानमन्त्री देउवाको आसन्न भ्रमणका सिलसिलामा कुनै पनि विवादास्पद एवं स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सहमति वा कार्य नगर्न, नगराउन नेपाल सरकारलाई निर्देशन दिइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved