विमानस्थल र ठमेल क्षेत्रबाट ५१ किलो हेरोइनसहित ७ जना विदेशी नागरिक पक्राउ

नेपालभ्युज

विमानस्थल र ठमेल क्षेत्रबाट ५१ किलो हेरोइनसहित ७ जना विदेशी नागरिक पक्राउ

काठमाडौं। नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ५१ किलो लागू औषध हेरोइनसहित ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

व्युरोले बिहीबार काठमाडौंका पत्रकार सम्मेलन गर्दै त्रिभुवन विमानस्थल र ठमेल वरपरका क्षेत्रमा निगरानी र अनुसन्धान गर्दा सात जना दक्षिण अफ्रिकाका महिलाहरूलाई पक्राउ गरिएको जनाएको हो।

उनीहरू विभिन्न मितिमा फ्लाई दुबई र कतार एयरवेजबाट काठमाडौं आएको खुलेको छ। उनीहरूबाट सेतो हिरोइन ४९ किलो र खैरो हिरोइन २ किलो बरामद भएको प्रहरीले जनाएको छ। जसको अवैध बजार मूल्य १ अर्व दुई करोड रहेको व्युरोका कार्यालय प्रमुख प्रहरी उपरिक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका विरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved