खोलामा टिपर खस्दा चालकको मृत्यु

नेपालभ्युज

खोलामा टिपर खस्दा चालकको मृत्यु

दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा टिपर खस्दा चालकको मृत्यु भएको छ।

पुलबाट आज बिहान ४ः३० बजे टिपर खस्दा म्याग्दे गाउँपालिका–६ मनपाङ बस्ने ४७ वर्षीय रामबहादुर दमैको मृत्यु भएको जिप्रका तनहुँले जनाएको छ।

मुग्लिनतर्फबाट आँबुखैरेनी आउँदै गरेको ग१क ४४६९ नंको मिनी टिपर पुलबाट अनियन्त्रित भई २०/२५ मिटर तल खस्दा चालक घाइते भएका थिए। उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार क्रममा बिहान ६ः१० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved