दुबई पठाइदिने भन्दै ७ लाख ठगी गर्ने पक्राउ

दुबई पठाइदिन्छु भन्दै सात लाख ठगी गर्ने मुगुका निराजन कार्की पक्राउ परेका छन्।

नेपालभ्युज

दुबई पठाइदिने भन्दै ७ लाख ठगी गर्ने पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। दुबई पठाइदिन्छु भन्दै सात लाख ठगी गर्ने मुगुका निराजन कार्की पक्राउ परेका छन्।

हाल सिफलमा भिजन मल्टिपर्पस सञ्चालन गर्दै आएका कार्कीले विशालनगर बस्ने दार्चुलाका ४१ वर्षीय तारा गिरीलाई आकर्षक काम र तलबमा दुबई पठाइदिने भन्दै सात लाख ठगी गरेका हुन्।

प्रलोभनमा परेर गिरीले रकम दिएपछि उनी फरार भएका थिए। उनी फरार भएसँगै पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved