अष्ट्रेलियामा श्रमिकको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले बढ्यो

अष्ट्रेलियामा कार्यरत मजदुरहरुको अबको न्यूनतम पारिश्रमिक २१.३८ अष्ट्रेलियन डलर हुने भएको छ। यसअघि न्यूनतम पारिश्रमिक २०.३३ अष्ट्रेलियन डलर थियो।

नेपालभ्युज

अष्ट्रेलियामा श्रमिकको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले बढ्यो

एजेन्सी। अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि गरिएको छ।

विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य वृद्धि भएकाले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरिएको हो। स्वतन्त्र कार्य आयोग (एफडब्लुसी) ले बुधबार घोषणा गरेको न्यूनतम पारिश्रमिकअनुसार अष्ट्रेलियामा कार्यरत मजदुरहरुको अबको न्यूनतम पारिश्रमिक २१.३८ अष्ट्रेलियन डलर हुने भएको छ। यसअघि न्यूनतम पारिश्रमिक २०.३३ अष्ट्रेलियन डलर थियो।

हरेक मजदुरले हप्तामा ४० अष्ट्रेलियन डलर थप कमाउन सक्ने पनि आयोगका अधिकारीहरुले जानकारी दिएका छन्। आयोगको यस निर्णयले अष्ट्रेलियाका झण्डै २७ लाख कामदारलाई प्रभावित पार्ने भएको छ।

केन्द्रीय सरकार र प्रधानमन्त्री एन्थोनी अल्बानीले यसअघि नै कम्तिमा ५.१ प्रतिशत पारिश्रमिक वृद्धि गर्न आग्रह गरेका थिए। तर विभिन्न कर्मचारी सङ्गठनहरुले भने कम्तिमा ५.५ प्रतिशत पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गर्दै आएका थिए। सरकारी पक्ष र कामदार पक्ष दुवैको मागको बिचमा रहेर ५.२ प्रतिशत वृद्धि गर्ने निर्णय आयोगले गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved