नेकपा एसको स्थायी कमिटी बैठक शुरु

नेपालभ्युज

नेकपा एसको स्थायी कमिटी बैठक शुरु

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बुधबारदेखि शुरु भएको छ।

पार्टी कार्यालय तीनकुनेमा बसेको बैठकमा सचिवालयले तयार गरेको निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदन पेश गरिएको छ। बैठकमा पार्टी अध्यक्ष माधव नेपाल र सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनपछिको अवस्था र रणनीतिक योजनाका बारेमा धारणा राख्नुभएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकले अबको राजनीतिक कार्यदिशाबारे धारणा तय गर्ने उनले बताए।

बैठकपछि नेकपा समाजवादीका नेता झलनाथ खनालले ५ दलको बीचमा सम्मानजनक तालमेल नभएका कारण निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको बताए।

बैठक बुधबार पुन: बस्ने समाजवादीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved