हेटौँडाको कार्यक्रम बहिस्कार गरेका मेयर बालेन्द्रले भने – गाली सुन्नैपरे काठमाडौंवासीकै सुन्छु

उनले भनेका छन्, ‘‘गाली र आलोचना नै सुन्ने भए म आफ्नै महानगरमा आफ्नै महानगरवासीहरुको सुन्नेछु। अथवा, सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रममा सुन्नेछु।’’

नेपालभ्युज

काठमाडौं। बागमती प्रदेश सरकारले हेटौँडामा आयोजना गरेको दुई दिने कार्यक्रम बहिस्कार गरेर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह काठमाडौं फर्किएका छन्।

बागमती प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा आलोचना सुन्न नसकेर उनी काठमाडौं फर्किएका हुन्।

मेयर बालेन्द्र उपमेयर सुनिता डंगोलसहित बागमतीको कार्यक्रममा सहभागी हुन सोमबार त्यहाँ पुगेका थिए। साँझ नै फेसबुकमार्फत् असन्तुष्टि पोखेका उनले केही समयपछि स्टाटस हटाएका थिए। मंगलबार काठमाडौं फर्किएर कार्यक्रमप्रति उनले असन्तुष्टि पोखे।

‘‘मलाई व्यक्तिगत रूपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौं र काठमाडौंबासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौंलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने ? मेरो प्रश्न यति हो’’, बालेनले भनेका छन्।

काठमाडौं केवल राजधानीमात्रै नभएर कसैको जन्मभूमि, कसैको कर्मभूमि भएको उल्लेख गर्दै उनले गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ/कार्यक्रममा बस्ने औचित्य नदेखेर हिजोको कार्यक्रम छोडेको स्पष्ट पारे।

गाली र आलोचना सुन्नैपरे काठमाडौं महानगरवासीकै सुन्ने उनले बताए। उनले भनेका छन्, ‘‘गाली र आलोचना नै सुन्ने भए म आफ्नै महानगरमा आफ्नै महानगरवासीहरुको सुन्नेछु। अथवा, सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रममा सुन्नेछु।’’

दुई दिने कार्यक्रमका लागि गएका मेयर एकदिन मात्रै सहभागी भएर फर्किएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved