आईजीपी नियुक्ति विरुद्धको रिट कामु प्रधानन्यायाधीशको बेन्चमा

नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको छ।

नेपालभ्युज

आईजीपी नियुक्ति विरुद्धको रिट कामु प्रधानन्यायाधीशको बेन्चमा

काठमाडौं। नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको छ। वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेको मुद्दामा आज सुनुवाइ हुन लागेको हो।

१८ वैशाखमा मन्त्रिपरिषद्ले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने गरेको निर्णयमा आज फैसला आउन सक्ने अनुमान गरिएको छ। आईजीपी विवादबारे सर्वोच्च अदालतले धीरजप्रताप सिंहको व्यक्तिगत फाइल, उनलाई बढुवा गर्ने प्रस्ताव र मन्त्रिपरिषद्को निर्णय मिसिल झिकाएको छ।

आईजीपी सिंहले वैशाख १९ मा दर्ज्यानी चिन्ह लगाएर प्रहरीको कमान्ड सम्हालिसकेका छन्। वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन्।

पछिल्लो पटक अरू डिआइजीहरूले समेत बढुवा विवादमा मुद्दा हालेका छन्। आईजीपी नियुक्ति विरुद्ध परेको रिट र पूर्व डिआइजीहरू घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले एआईजीपी बढुवा विरुद्ध हालेको रिट सँगै सुनुवाइ हुने भएको छ।

घनश्याम अर्याल सहित ३ जना डीआईजीले अहिलेका आईजीपी धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई वरीयता मिचेर बढुवा गरेको भन्दै रिट दायर गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved