एमाले सचिवालय बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज सोमबार पनि बस्दैछ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न एमालेले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठक बोलाएको हो ।

नेपालभ्युज

एमाले सचिवालय बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

काठमाडौं। नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज सोमबार पनि बस्दैछ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न एमालेले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठक बोलाएको हो ।

केन्द्रीय कार्यालयको आइतबारको बैठकले सचिवालयका लागि चार वटा एजेन्डा तय गरेको थियो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार निर्वाचनको समीक्षासँगै स्थानीय तहका जनप्रतिनिधिका लागि प्रशिक्षण, केन्द्रीय विभागको पूर्णता र समसामयिक राजनीतिक परिस्थितिका एजेन्डामा छलफल हुनेछ।

केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने गरी एजेन्डा तय गरेको हो। त्यस्तै, एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट बैठकमा पेस गरिने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved