म्याक्स टिभीनेटका कार्यालयमा पनि सार्वजनिक शौचालयको सुविधा

टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी म्याक्स टिभी नेटले केन्द्रीय कार्यालयसहित सबै शाखा कार्यालयका शौचालयहरूलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराएको छ।

नेपालभ्युज

म्याक्स टिभीनेटका कार्यालयमा पनि सार्वजनिक शौचालयको सुविधा

काठमाडौं। टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी म्याक्स टिभी नेटले केन्द्रीय कार्यालयसहित सबै शाखा कार्यालयका शौचालयहरूलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराएको छ। काठमाडौं महानगरपालिकासँग महानगरपालिकाभित्र रहेका सो संस्थाका शाखाका शौचालयहरूलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने सम्झौता भएको हो।

महानगरका नवनिर्वाचित मेयर बालेन शाहको काठमाडौंलाई व्यवस्थित गर्ने नीतिअनुरूप संस्थाले पनि ऐक्यबद्धता जनाएको म्याक्स टिभी नेटले जनाएको छ। काठमाडौं एक जना मेयरको मात्रै शहर नभएर सबै नगरवासीको शहर भएकाले काठमाडौंलाई अझ सुन्दर बनाउन सक्ने म्याक्स टिभी नेटको भनाई छ।

काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयअनुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्‍याउनको लागि होटल तथा अन्य संस्थाहरूलाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आह्वान गरेको थियो।

सोही निर्णय बमोजिम ऐक्यबद्धता जनाएको म्याक्स टिभी नेटले बताएको छ।सम्झौता अनुसार सार्वजनिक प्रयोगलाई सञ्चालनमा ल्याउने शौचालयको सरसफाइ र आवश्यक सामग्रीहरूको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयं म्याक्स टिभी नेटले नै गर्नेछ। शौचालयको नियमित मर्मत सम्भार र सरसफाइ, पानीको प्रबन्ध, निकासको व्यवस्था दुरुस्त राख्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved