नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो, फेरि सवारी अवरुद्ध

चितवनको नाम्सीपुलस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको छ।

नेपालभ्युज

नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो, फेरि सवारी अवरुद्ध
फाइल तस्वीर

काठमाडौं। चितवनको नाम्सीपुलस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान ८ बजेर ४० मिनेटमा ईच्छाकामना गाउँपालिका–६ नाम्सीपुल स्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा सुख्खा पहिरो खसेको हो।

पहिरोले दुईतर्फी बाटो बन्द भएको हो।
यसअघि बुधबार राति नारायणगढ मुगलिङ सडक खण्डको कालिखोला र मुग्लिङ – काठमाण्डौ सडक अन्तर्गत नाग्दीखोला क्षेत्रमा पहिरोको कारण दुईतर्फी सवारीब आवतजावत बन्द भएको थियो

दुवै स्थानको पहिरो हटाई शुक्रबार दिउँसोबाट सवारी आवागमन सुचारु भएको थियो। नाग्दीखोलाको पहिरो हटाउन बाँकी रहेकोले उक्त स्थानमा एकतर्फी सवारी साधन सञ्चालन गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved