भित्री वस्त्रमा लुकाएर सुन ल्याउने धनुषाका युवक त्रिभुवन विमानस्थलबाट समातिए

भित्री वस्त्रमा लुकाएर सुन ल्याउने युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएका छन्।

नेपालभ्युज

भित्री वस्त्रमा लुकाएर सुन ल्याउने धनुषाका युवक त्रिभुवन विमानस्थलबाट समातिए
सांकेतिक तस्वीर

काठमाडौं। भित्री वस्त्रमा लुकाएर सुन ल्याउने युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएका छन्।

५१६.५ ग्राम सुनसहित धनुषाका जितेन्द्रकुमार यादव पक्राउ परेका हुन्।

बिहीबार बिहान ९ः४५ मा कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट विमानस्थल ओर्लिएका ती युवक भन्सार कार्यालयको यात्रु चेक गर्ने क्षेत्रमा शंकास्पद रूपमा हिँडेको पाएपछि चेकजाँच गरिएको थियो।

चेकजाँचका क्रममा भित्री वस्त्रमा फल्स पकेट बनाएर सुन लुकाएर ल्याएको भेटिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved