जनप्रतिनिधिलाई उपेन्द्र यादवको निर्देशन : जनताको विश्वास मर्न नदिनोस्

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको सेवामा केन्द्रित हुन आफ्ना दलबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिलाई निर्देशन दिएका छन्।

नेपालभ्युज

जनप्रतिनिधिलाई उपेन्द्र यादवको निर्देशन : जनताको विश्वास मर्न नदिनोस्
फाइल तस्वीर

महोत्तरी। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको सेवामा केन्द्रित हुन आफ्ना दलबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिलाई निर्देशन दिएका छन्।

महोत्तरीको जलेश्वरमा यसपालि सम्पन्न स्थानीय तहमा आफ्नो दलबाट निर्वाचित जनप्रतिनिधिलाई आज बधाई र शुभकामना व्यक्त गर्दै अध्यक्ष यादवले जनताको सेवामा समर्पित हुन निर्देशन दिएका हुन्।

“तपाईंहरूलाई जनताले मनभरिको विश्वास दिएका छन्, इमान र निष्ठाले जनताको विश्वास मर्न नदिनोस्,” अध्यक्ष यादवले भने, “चुनाव जितेपछि शासक बन्ने रोग छ, त्यहाँ सचेत हुनुहोस्।”

मधेशमा जसपाको विभाजनले चुनावी परिणाममा असर गरेको यादवको स्वीकारोक्ति छ। विगतमा भएका कमीकमजोरीको समीक्षा गर्दै अघि बढ्न आवश्यक भएको यादवले बताए। आफ्नै दल (जसपा) बाट विभाजित भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोकतान्त्रिक गठबन्धनमा सहभागी भए स्वागत गर्ने यादवको भनाइ छ।

मधेशको मत बाँडिएपछि मधेशलाई नोक्सान हुने गरेको उल्लेख गर्दै उनले अब फुटेर नभई जुटेर अघि बढ्नुपर्ने उल्लेख गरे। अध्यक्ष यादवले संसदबाट नागरिकता विधेयक पारित गर्ने र नागरिकताविहीनलाई नागरिकता दिँदै अबको चुनावमा मतदाता सूचीमा नाम राखिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved