सरकारमा जानेबारे प्रधानमन्त्रीसँग छलफल भएको छैन : लक्ष्मणलाल कर्ण

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद लक्ष्मणलाल कर्णले सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्।

नेपालभ्युज

सरकारमा जानेबारे प्रधानमन्त्रीसँग छलफल भएको छैन : लक्ष्मणलाल कर्ण
फाइल तस्वीर

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद लक्ष्मणलाल कर्णले सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्।

बुधबार संसद् परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद कर्णले सरकारमा जानेबार प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै छलफल नभएको बताएका हुन्।

उनले भने, ‘‘मन्त्रिमण्डलमा सहभागी हुन प्रस्ताव आएको छैन। प्रधानमन्त्रीसँग यस विषयमा कुरा नै भएको छैन।’’

लोसपाले मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको थियो। पार्टी अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरूले विभिन्न माग राखी ११ बुँदे ज्ञापनपत्र बुझाएका हुन्। जेलमा रहेका रेशम चौधरीको अविलम्ब रिहाइ लगायतका मागहरु छन्।

प्रधानमन्त्रीसँगको भेटपछि लोसपा पनि सरकारमा सहभागी हुने चर्चा चलेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved