इरानमा रेल दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

मध्य इरानमा बुधबार रेल दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। 

नेपालभ्युज

इरानमा रेल दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

तेहरान। मध्य इरानमा बुधबार रेल दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ।

मशहद र याजद सहरहरूबीचको लाइनमा रहेको ताबासनजिकै रेल पटरीबाट खस्दा कम्तिमा १० जनाको मृत्यु भएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्।

घाइतेको यकिन विवरण आउन बाँकी छ। घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको राष्ट्रिय उद्धार सेवाका प्रवक्ता मोजताबा खालेदीले सरकारी टेलिभिजनलाई उद्धृत गर्दै भनेका छन्।

उक्त रेलमा ३४८ जना यात्रु सवार थिए। बुधबार बिहान ५ः३० बजे ट्र्याकनजिकै रहेको एउटा उत्खननकर्तालाई ठक्कर दिएपछि पटरीबाट खसेको हो। रेलका ११ ओटा डिब्बामध्ये पाँचवटा ट्र्याकबाट बाहिरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved