विद्युतीय बीजकबारे आन्तरिक राजस्व विभागसँग महासंघको परामर्श

नेपाल सुनचाँदी व्यवसायी महासंघले विद्युतीय माध्यमबाट बीजक (ई–बिलिङ) जारी गर्ने विषयमा आन्तरिक राजस्व विभागसँग परामर्श गरेको छ।

नेपालभ्युज

विद्युतीय बीजकबारे आन्तरिक राजस्व विभागसँग महासंघको परामर्श

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले विद्युतीय माध्यमबाट बीजक (ई–बिलिङ) जारी गर्ने विषयमा आन्तरिक राजस्व विभागसँग परामर्श गरेको छ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यसँग भेटगरी सम्बद्ध विषयमा आवश्यक परामर्श गरेको हो।

आन्तरिक राजव विभागले हालै आर्थिक बर्ष २०७७/७८ र २०७८/७९ को मुल्य अभिवृद्धि कर तथा आय विवरणमध्ये कुनै एक आर्थिक वर्षको कारोबार रकम १० करोडभन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरुले अनिवार्यरुपमा विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था गरेको सूचना निकालेको छ। सोही विषयमा देखिएको अस्पष्टताका बारेमा महासंघका अध्यक्ष शाक्यले जिज्ञासा राखेका थिए।

त्यसक्रममा विभागका महानिर्देशक शाक्यले विद्युतीय माध्यमवाट बीजक जारी गर्ने विषयमा थप प्रष्ट पार्दै १० करोडभन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका कर दाताहरुले अनिवार्यरुपमा विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था गरिएको प्रष्ट पार्दे यसले लेखा प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुर्‍याउने बताए।

शाक्यका अनुसार यो व्यवस्थाअनुसार विद्युतीय बीजक जारी गर्दा त्यो केवल व्यवसायीको लेखा प्रणालीमा मात्रै आबद्ध हुनेछ। जसले व्यवसायीलाई विद्युतीय कारोबार गर्ने बानी बसाल्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved