अदालत परिसरमा गोली चलाउने युवक पक्राउ

जिल्ला अदालत नवलपरासी परिसरमा गोली चलाएको अभियोगमा एक युवक पक्राउ परेका छन्।

नेपालभ्युज

अदालत परिसरमा गोली चलाउने युवक पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। जिल्ला अदालत नवलपरासी परिसरमा गोली चलाएको अभियोगमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, नवलपरासीले सरावल गाउँपालिका–४, मंगलापुरका २८ वर्षीय हंशराज यादवलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

युवकको साथबाट ७.६५ एमएमको पेस्तोल, म्यागजिन र एक राउण्ड गोली समेत बरामद भएको छ।

सोमबार दिउँसो अदालत परिसरमा काकी रोशनी यादवलाई लक्षित गरी गोली चलाएर फरार भएका यादवलाई सुनवल नगरपालिका–९, बनकट्टीस्थित एकजना आफन्तको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved