लोकसेवाका नक्कली परीक्षार्थी ५८ हजार नगदसहित पक्राउ, चार थान नागरिकता बरामद

अर्काको नाममा लोकसेवाको परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

नेपालभ्युज

लोकसेवाका नक्कली परीक्षार्थी ५८ हजार नगदसहित पक्राउ, चार थान नागरिकता बरामद
सांकेतिक तस्वीर

मकवानपुर। अर्काको नाममा लोकसेवाको परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

हेटौँडा उपमहानगरपालिका–१ स्थित स्कुलमा सञ्चालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौंथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एक युवक पक्राउ परेका हुन्।

कास्की पोखरा महानगरपालिका–२ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटी बिहीबार बिहान पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ।

महोत्तरी साविक पोखभिण्डा गाबिस बस्ने अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिएकाे पाइएपछि लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले तत्काल प्रहरीलाई जानकारी गराएका थिए। उनको झोलाबाट नगद ५८ हजार ५ सय रूपैयाँ र विभिन्न व्यक्तिहरूको चार थान नागरिकता समेत प्रहरीले बरामद गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved