विचार नमिल्ने दलबीचको गठबन्धन हिलोको किलो झैं हल्लिरहन्छ – बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दिगो लोकतान्त्रिक स्थिरता, सुशासन र समृद्धिका निम्ति गम्भीर भएर विकल्प सोच्न अपिल गरेका छन्।

नेपालभ्युज

विचार नमिल्ने दलबीचको गठबन्धन हिलोको किलो झैं हल्लिरहन्छ – बाबुराम भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दिगो लोकतान्त्रिक स्थिरता, सुशासन र समृद्धिका निम्ति गम्भीर भएर विकल्प सोच्न अपिल गरेका छन्। बिहीबार राति ट्वीट गर्दै डा. भट्टराईले यस्तो आह्वान गरेका हुन् ।

विपरीत वैचारिक तथा राजनीतिक धरातलमा उभिएका दलहरूबीच केवल गणितीय आधारमा बन्ने गठबन्धन सधैँ हिलोको किलो झैं हल्लने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने उल्लेख गरेका छन्।

’’विपरीत वैचारिक–राजनीतिक धरातलमा उभिएका दलहरूबीच भगत गणितीय आधारमा बन्ने गठबन्धन सधैँ हिलोको किलो झैं हल्लने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ। त्यसले दीर्घकालमा देश र जनताको हित गर्दैन। दिगो लोकतान्त्रिक स्थिरता,सुशासन,समृद्धिका निम्ति गम्भीर ढंगले विकल्प सोचौँ’’ उनले भनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved