इटालीलाई ३-० गोल अन्तरले पन्छाउँदै अर्जेन्टिना च्याम्पियन

अर्जेन्टिनाका लागि लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे।

नेपालभ्युज

इटालीलाई ३-० गोल अन्तरले पन्छाउँदै अर्जेन्टिना च्याम्पियन

काठमाडौं। लियोनल मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले फाइनलसिमा–२०२२ को उपाधि जितेको छ। गएराति इटालीलाई पन्छाउँदै अर्जेन्टिनाले उपाधि जितेको हो।

वेम्बली स्टेडियममा अर्जेन्टिनाले इटालीलाई ३–० गोल अन्तरले पराजित गर्यो। युरो च्याम्पियन इटालीलाई पन्छाउँदै कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले फाइनलसुमा जितेको हो।

अर्जेन्टिनाका लागि लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे। खेलको २८ औँ मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई शुरुआती अग्रता दिलाए।

पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० ले अघि बढाए। त्यसपछि खेलको इन्जुरी समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३–० को शानदार जित दिलाए।

जितसँगै अर्जेन्टिना तेस्रो संस्करणको ’फाइनलसिमा’ च्याम्पियन बनेको छ। फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्दछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved