प्रधानमन्त्रीले बालेनलाई भने – तपाईंले त चमत्कार गर्नुभयो, कांग्रेसको पूर्ण समर्थन रहनेछ

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।

नेपालभ्युज

प्रधानमन्त्रीले बालेनलाई भने – तपाईंले त चमत्कार गर्नुभयो, कांग्रेसको पूर्ण समर्थन रहनेछ

काठमाडौं। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।

बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर बालेनले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्। भेटमा प्रधानमन्त्री देउवाले बालेनलाई पाँच वर्षे कार्यकालमा कांग्रेबाट पूर्ण समर्थन रहने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री देउवाले बालेनसँग भने, ‘‘तपाईंले त चमत्कार गर्नुभयो, म खुशी छु। पाँच वर्षे कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ। मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ।’’

प्रधानमन्त्री देउवाले महानगरको कार्यपालिकामा कांग्रेसकाे बहुमत रहेको उल्लेख गर्दै फोहोर व्यवस्थापन लगायत विकासको काममा केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुने पनि बताए।

बालेनले मतगणना सम्पन्न हुनुअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटेका थिए भने मेयरमा निर्वाचित भएलगत्तै प्रधानसेनापति प्रभुराम शर्मालाई पनि भेटेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved