राष्ट्रपति भण्डारीद्वारा बडीमालिकामा पूजा आराधना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा आज बिहान पूजा आराधना गरेकी छन्।

नेपालभ्युज

राष्ट्रपति भण्डारीद्वारा बडीमालिकामा पूजा आराधना
फाइल तस्वीर

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा आज बिहान पूजा आराधना गरेकी छन्।

जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ।

जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने गङ्गादशहराको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलनअनुसार आज राष्ट्रपति भण्डारीले पूजा आराधना गरेकाे प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए।

बडीमालिकाको पूजा सकेर राष्ट्रपति भण्डारी सुर्खेत फर्किएकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved