आजदेखि जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै माओवादी केन्द्र

माओवादीले आफूले जितेका १२१ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिन लागेको हो।

नेपालभ्युज

आजदेखि जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै माओवादी केन्द्र

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण दिने भएको छ।

कमलपोखरीस्थित पुरानो कुमारी हलमा बिहान ११ बजेदेखि जनप्रतिनिधिका लागि प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए।

माओवादीले आफूले जितेका १२१ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिन लागेको हो।

जिल्ला समन्वय समिति गठन भएका जिल्लाको हकमा जिससका प्रमुख र उपप्रमुखलाई पनि कार्यक्रममा सहभागी गराइने माओवादी केन्द्रले जनाएको छ।

जनप्रतिनिधिलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेता र विभिन्न क्षेत्रका विज्ञले प्रशिक्षण दिने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved