फौजदारी अभियोग लागेका वडाध्यक्ष फरार

नेपालभ्युज

फौजदारी अभियोग लागेका वडाध्यक्ष फरार

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ बागेश्वरीका वडा अध्यक्ष फरार भएका छन्।

फौजदारी अभियोगमा पक्राउ पूर्जी जारी भएलगत्तै राप्रपाबाट निर्वाचित वडाअध्यक्ष श्याम कृष्ण नायजु श्रेष्ठ फरार थिए। राप्रपाबाट वडमा उनले मात्र चुनाव जितेका थिए।

अन्य चार जना नेपाली कांग्रेसका सदस्य विजयी भएका थिए।
वडा अध्यक्ष नायजु सरकारी जग्गा बैना गरी किर्ते गरेको अभियोगमा फरार रहेको खुल्न आएको छ।

उनलाई पनि केशव प्रसाद अधिकारी र ईश्वर गाईजुसँगै पक्राउ पूर्जी जारी भएको हो। वडाध्यक्षसहित अन्य ६ जनाको नाममा पक्राउ पूर्जी जारी भएको थियो।

अधिकारी र ईश्वर पक्राउ परी अनुसन्धान क्रममा थुनामा रहेका छन् भने अन्य चार जना फरार रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved