विद्युतीय गाडीमा कर बढाइयो, यो न्यायोचित होइन : नाडा

नेपालभ्युज

विद्युतीय गाडीमा कर बढाइयो, यो न्यायोचित होइन : नाडा

काठमाडौं। सरकारले बजेटमार्फत विद्युतीय गाडीको आयातमा कर बढाएकोमा नेपाल नाडा अटोमोबाइल संघले उक्त निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेको छ।

विज्ञप्तिमार्फत बजेटमाथिको धारणा सार्वजनिक गर्दै नाडाले १०० किलोवाट क्षमताभन्दा बढीका विद्युतीय सवारी साधन तथा २०० सीसीभन्दा माथिका कम्बसन इन्जिन भएका मोटरसाइकलमा कर बढाउनु न्यायोचित नहुने बताएको हो। अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत यस्ता सवारीको अन्तरशुल्क र भन्सार महशुल वृद्धि गरेका थिए।

यसैगरी नाडाले सवारीसाधन एसेम्बल उद्योगलगायत इलेक्ट्रिक रिक्सा, मोटरसाइकल र स्कूटर उत्पादनमा लाग्ने पार्टपुर्जा वा कच्चा पदार्थमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने नीति सकारात्मक भएको बताएको छ। सरकारले १०० किलोवाट क्षमताका विद्युतीय सवारीसाधन, १५०० सीसीसम्मका कम्बसन इन्जिन भएका सवारीसाधन लगायत २०० सीसीसम्मका कम्बसन इन्जिन भएका मोटरसाइकलमा गरेको कर सहजीकरणको नाडाले स्वागत गरेको छ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गर्ने व्यवस्था बजेटले गरेकोमा नाडाले उक्त निर्णय सकारात्मक भएको बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved