नागरिककाे गुनासो सुन्न धनगढीका मेयरले सार्वजनिक गरे ह्वाट्सएप नम्बर

नगरवासीका गुनासा, सल्लाह, सुझाव र समस्या सुन्न तथा सम्बाेधन गर्न नगर प्रमुख गोपाल हमालले ह्वाट्सएप नम्बर सार्वजनिक गरेका हुन्।

नेपालभ्युज

नागरिककाे गुनासो सुन्न धनगढीका मेयरले सार्वजनिक गरे ह्वाट्सएप नम्बर

कैलाली। धनगढी उपमहानगरपालिकाले ह्वाट्सएप नम्बर सार्वजनिक गरेको छ।

नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सुन्न तथा सम्बाेधन गर्न नगर प्रमुख गोपाल हमालले सोमबार पत्रकार सम्मेलन गरेर ह्वाट्सएप नम्बर सार्वजनिक गरेका हुन्। नगरवासीले कुनै गुनासाे भएमा ९८५८४८८८९५ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

‘‘यो नम्बर मसँग हुन्छ। विकास निर्माणमा कमसल सामग्री प्रयोग, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भएमा कल गर्नुस्’’, उनले भने, ‘‘म तुरुन्त कारबाहीको प्रक्रियामा जान्छु।’’

भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न तथा लोककल्याणकारी नगरको निर्माणमा आफू लागेको बताउँदै उनले व्यक्तिगत कामका लागि भने सो नम्बरमा फोन नगर्न अनुरोध गरे।

नगरप्रमुख हमालले उपमहानगर नगरपालिकाका सूचना तत्काल उपलब्ध गराइने पनि बताए। उनले भने, ‘‘नागरिकले सूचना माग्नुपर्ने होइन, दिनुपर्ने संस्कारको थालनी हामी गर्न चाहन्छौँ। सूचनाको लागि कसैले नगरपालिका धाउनु नपरोस्।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved