रेस्टुरेन्टका शौचालय सार्वजनिक शौचालयका रूपमा प्रयोगमा ल्याउँछौं : बालेन्द्र शाह

नेपालभ्युज

रेस्टुरेन्टका शौचालय सार्वजनिक शौचालयका रूपमा प्रयोगमा ल्याउँछौं : बालेन्द्र शाह

काठमाडौं। काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयका लागि काठमाडौंका रेस्टुरेन्टहरूसँग सहकार्य गर्ने भएको छ। रेस्टुरेन्टका शौचालयलाई नै सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्नेगरी सहकार्य गरिने महानगरका मेयर बालेन्द्र शाहले बताए।

महानगरको पहिलो कार्यपालिका बैठकमा मेयर शाहले रेस्टुरेन्टहरूसँग सहकार्य गरेर महानगरले शौचालयको बोर्ड राखेर राख्ने बताए। चिकेन स्टेशन, बर्गर हाउसलगायत रेस्टुरेन्टले निःशुल्क शौचालय उपलब्ध गराउनेगरी तयारी अघि बढेको उनको भनाइ थियो।

गुगल म्यापमा सहकार्य भएका रेस्टुरेन्टहरूको लोकेसन पनि राखिने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved