बालेनको पहिलो निर्णय : नगर कार्यपालिका बैठक लाइभ गर्ने

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ ले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन्।

नेपालभ्युज

बालेनको पहिलो निर्णय : नगर कार्यपालिका बैठक लाइभ गर्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ ले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन्।

महानगरकाे सुन्धारास्थित कार्यालय पुगेर पदभार ग्रहण गरेलगत्तै मेयर शाहले बैठक लाइभ गर्ने निर्णय गरेका हुन्। निर्वाचनपछि नगर कार्यापलिकाकाे पहिलाे बैठक आज ४ बजे बस्दैछ।

उनले काठमाडौंको फोहोर व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। तीन दिनअघि मेयरमा विजयी घोषणा भएलगतै उनी आफ्नो टोलीसहित काठमाडौंको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरेडाँडाको अवलोकन गर्न नुवाकोट पुगेका थिए।

स्थानीयका समस्याबारे बुझ्न उनी टाेलीसहित बन्चरेडाँडा पुगेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved