विमान दुर्घटना : मृतकको शव काठमाडौं ल्याइँदै

अहिले दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगिसकेकाे छ। 

नेपालभ्युज

विमान दुर्घटना : मृतकको शव काठमाडौं ल्याइँदै

काठमाडौं। तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने भएकाे छ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान सम्पर्कविहीन भएको थियो। सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

दुर्घटनाग्रस्त विमानमा चालकदलका सदस्यसहित २२ जना सवार थिए। अहिले दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगिसकेकाे छ। दुर्घटनामा परेका यात्रुहरूको खोजी कार्य जारी राखिएकाे छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved