निजगढ विमानस्थल निर्माणका लागि सरकारले छुट्यायो बजेट

नेपालभ्युज

निजगढ विमानस्थल निर्माणका लागि सरकारले छुट्यायो बजेट

काठमाडौं । सर्वोच्च अदालतले निर्माण कार्य रोक लगाएको बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ।

सर्वोच्चले विमानस्थल निर्माणको काम रोक्न आदेश दिए पनि सरकारले लगानी बोर्डमार्फत निर्माण कार्य अगाडि बढाउने घोषणा गरेको हो। आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विमानस्थल निर्माणका लागि ढाँचा निर्माण गरी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइने बताए।

साथै गौतमबुद्ध अन्तर्ष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याइने उनले बताए। त्यस्तै त्रिभुवन विमानस्थलको चापलाई व्यवस्थित गर्न ट्याक्सी वे थप्ने तथा दोस्रो टर्मिनल निर्माणका लागि २ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको पनि उनले बताए।

हवाई तथा यात्रु चापको विश्षलेषणका आधारमा गौतम बुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवनको निर्माण कार्य अगाडि बढाइने पनि मन्त्री शर्माले बताए। त्यसै गरी धनगढी विमानस्थलमा स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल पनि बनाइन पनि सरकाले बजेट विनियोजन गरेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved