अन्तिम पटक घोडेपानीमा सम्पर्कमा आएको थियो तारा एयरको सम्पर्कविहीन विमान

तारा एयरको सम्पर्कविहीन विमान अन्तिम पटक जोमसोम टावरसँग १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नेपालभ्युज

अन्तिम पटक घोडेपानीमा सम्पर्कमा आएको थियो तारा एयरको सम्पर्कविहीन विमान
फाइल तस्वीर

काठमाडौं। तारा एयरको सम्पर्कविहीन विमान अन्तिम पटक जोमसोम टावरसँग १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरण अन्तर्गत खोज तथा उद्धार समन्वय केन्द्रले आइतबार एक विज्ञप्ति जारी गरी सम्पर्कविहीन तारा एयरको ९ एनएईटी ट्विनअटर विमान घोडेपानी भन्ने स्थानमा अन्तिम पटक सम्पर्कमा आएको जनाएको हो।

सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय र दुई जर्मनीका नागरिक गरी १९ यात्रु तथा चालक दलका तीन सदस्य सवार छन्।

पोखराबाट जोमसोमका लागि उडेको विमान खोजीको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर पठाएको थियाे। तर प्रतिकूल मौसमका कारण हेलिकप्टर जोमसोम फर्किएको छ। मौसम खुलेलगतै खोजीकार्यका लागि पुनःहेलिकप्टर परिचालन गरिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन्।

मौसममा सुधार आउनासाथ हवाईमार्गबाट खोजी शुरु गरिने प्राधिकरणले जनाएको छ। मौसममा सुधार आउनासाथ हवाईमार्गबाट खोजी शुरु गरिने प्राधिकरणले जनाएको छ। स्थलमार्गबाट खोज्न नेपाल प्रहरी त्यसतर्फ प्रस्थान गरिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved