समातिए रञ्जन कोइराला

नेपाल भ्युज

समातिए रञ्जन कोइराला

काठमाडौं । पत्नी हत्यामा सर्वोच्च अदालतले पुनः ११ वर्ष कैद सुनाएका सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोइरालालाई बानेश्वरको एउटा घरमा लुकिरहेको अवस्थामा आज शुक्रबार पक्राउ गरेको कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

सर्वोच्च अदालतले हिजो आफ्नै फैसला उल्टाउँदै कोइरालालाई सर्वस्वसहित जन्मकैद गर्ने उच्च अदालतको फैसला सदर गरेको थियो।

यसअघि २०७७ सालको असारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको संयुक्त इजलासले कोइरालाको जन्मकैदको सजाय घटाएर साढे आठ वर्षको हुने फैसला गरेको थियो। त्यसपछि कोइराला रिहा भइसकेका थिए। उक्त फैसलाविरुद्ध मृतक पत्नी (गीता ढकाल) का बुबाले निवेदन दिएका थिए।

कोइरालाले २०६८ सालमा श्रीमतीको हत्या गरेर बोरामा पोको पारेर मकवानपुरको टिस्टुङ जङ्गलमा लगेर पेट्रोल छर्केर जलाएको अनुसन्धानले पुष्टि गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved