बालेन शाहले धन्यवाद सभा गर्दै

काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित बालेन्द्र साह (बालेन)ले आज धन्यवाद सभा गर्दै छन्। आज बिहान टुँडिखेलमा बालेनको धन्यवाद सभा हुने जनाइएको छ।

नेपालभ्युज

बालेन शाहले धन्यवाद सभा गर्दै

काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित बालेन्द्र साह (बालेन)ले आज धन्यवाद सभा गर्दै छन्। आज बिहान टुँडिखेलमा बालेनको धन्यवाद सभा हुने जनाइएको छ।

त्यसअघि बालेनका समर्थकहरू प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह क्षेत्रमा भेला हुनेछन्। त्यसपछि र्‍याली निकालिनेछ। र्‍याली सभागृहबाट भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर हुँदै टुँडिखेलमा पुग्नेछ।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा बालेनले स्वतन्त्र उम्मेदवारी दिएर महानगरको प्रमुख निर्वाचित भएका हुन्।
महानगरको मतगणना बिहीबार राति सकिएको थियो। तर, निर्वाचित भएको औपचारिक घोषणा भने आज (शुक्रबार) बिहान ८ बजे गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

महानगरको उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोल भारी मतसहित विजयी भएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved