बन्चरेडाँडामा फोहोर फ्याँक्न फेरि रोकियो

राजधानी उपत्यकाको फोहर व्यवस्थापन शुरु गरिएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फेरि फोहोर फाल्न रोकिएको छ।

नेपालभ्युज

बन्चरेडाँडामा फोहोर फ्याँक्न फेरि रोकियो

काठमाडौं। राजधानी उपत्यकाको फोहर व्यवस्थापन शुरु गरिएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फेरि फोहोर फाल्न रोकिएको छ।

स्थानीयले बाटो समयमा बन्नुपर्ने माग राख्दै ल्याण्डफिल्ड साइटमा धर्ना दिदैं आएपछि रोकिएको हो।
स्थानीय सरकारले प्रहरी प्रशासन प्रयोग गरेर केही दिनदेखि बन्चरेडाडामा फोहर व्यवस्थापन गर्दै आएको थियो।

स्थानीयको माग सम्बोधन गर्नेतर्फ सरकारले कुनै चासो नदिएपछि आन्दोलनकारीले राजधानीबाट फोहोर बोकेर गएका सवारी साधनलाई बाटोमा नै रोकेका थिए।

अहिले सो क्षेत्र तनावग्रस्त रहेको स्थानीय प्रत्यक्षदर्शीले न्युज अफ नेपाललाई जानकारी दिएका छन। सरकारले सो क्षेत्रका जनताको माग सम्बोधन गर्नुभन्दा पनि फोहोर लगेर फ्याक्ने रणनीति अख्तियार गरेपछि स्थानीय आन्दोलित भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved