कम्युनिस्टहरूको घर झगडाले पाँच वर्ष देश दुर्घटनामा गयो : गगन थापा

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्ट पार्टीलाई जनताले सरकारमा पुर्‍याए पनि त्यसको सदुपयोग गर्न नसकेको बताएका छन्। भक्तपुर आयोजित कार्यक्रममा उनले कम्युनिस्टहरूले सरकार चलाउने अवसर पाए पनि पाँच वर्ष घर झगडामै बिताएको उनको भनाइ थियो।

उनले कम्युनिस्टहरूले आफ्नो घर झगडा मिलाउन नसक्दा ५ वर्ष देश दुर्घटनातर्फ गएको बताए।‍ कम्युनिस्ट पार्टी असफल भएको उनको भनाइ थियो। जसकारण नेतृत्वको जिम्मेवारी कांग्रेसको हातमा आइपुगेको उनले बताए।

यसैगरी उनले यसपालि कांग्रेसबाट सही उम्मेदवार छनोट गर्न केही कमजोरी भएको बताउँदै प्रदेश र संघीय निर्वाचनमा आफ्नो पार्टीले सही उम्मेदवार छनोट गर्ने बताएका छन्। मंसीर र फागुनमा हुने प्रदेश र संघीय चुनावको तयारीमा जुट्न उनले कार्यकर्तालाई निर्देशन दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved