काठमाडौंमा मतगणनाको १२ औँ दिन, मेयरमा बालेनले कटाए ५३ हजार मत

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५३ हजार मत कटाएका छन्।

नेपालभ्युज

काठमाडौंमा मतगणनाको १२ औँ दिन, मेयरमा बालेनले कटाए ५३ हजार मत

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५३ हजार मत कटाएका छन्।

मतगणनाको १२ औँ दिन बुधवार बिहानको अपडेट अनुसार मेयर पदमा साहले ५३ हजार ५६ मत ल्याएका छन्।
नेकपा एमालेका केशव स्थापितले ३३ हजार १६६ मत ल्याएका छन्।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ३३ हजार १०५ मत ल्याएकी छन्। १ लाख ६४ हजार ५६० मत गन्दा साहले फराकिलो मतान्तरसहित अग्रतालाई निरन्तरता दिएका छन्।

अर्का उम्मेदवारद्वय स्थापित र सिँहबीच भने तीव्र प्रतिस्पर्धा देखिएको छ। उनीहरू केही मतान्तरले अघिपछि पर्दै आएका छन्। मतगणना अझै जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved