दलित, अल्पसंख्यक समुदायका विद्यार्थीलाई छात्रवृत्ति दिने खानीखोलाको निर्णय

खानीखोला गाउँपालिकाले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने दलित र अल्पसंख्यक समुदायका छात्राछात्रलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ।

नेपालभ्युज

दलित, अल्पसंख्यक समुदायका विद्यार्थीलाई छात्रवृत्ति दिने खानीखोलाको निर्णय

काभ्रे। खानीखोला गाउँपालिकाले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने दलित र अल्पसंख्यक समुदायका छात्राछात्रलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ।

नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले स्नातक तहसम्मको अध्ययनका लागि एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने दलित र अल्पसंख्यक समुदायका छात्राछात्रलाई छात्रवृत्ति उपलब्ध गराउने पहिलाे निर्णय गरेका हुन्।

खानीखोला गाउँपालिकाभित्रका अल्पसंख्यक र दलित परिवारका छात्र/छात्रामध्ये एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने एकजना छात्र र एक जना छात्रालाई जुनसुकै विषयमा विषयमा उच्च शिक्षा स्नातक तहसम्म गाउँपालिकाले निःशुल्क पठनपाठन गराउने निर्णय भएकाे निमित्त प्रशासकीय अधिकृत मोहनलाल श्रेष्ठले बताए।

नवनिर्वाचित जनप्रतिनिधिहरुले समयमै आफ्नाे सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउने निर्णय पनि गाउँपालिकाले गरेकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved