गरिब परिवारलाई परिचयपत्र

राष्ट्रपति विद्यादेवी भण्डारीले गरिब नेपाली नागरिकलाई परिचयपत्र दिइने बताएकी छन्।

नेपालभ्युज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गरिब नेपाली नागरिकलाई परिचयपत्र दिइने बताएकी छन्।

मंगलबार संघीय संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी र रोजगारीसँग सम्बन्ध स्थापित गरी पहिचान गरिएका गरिब परिवारलाई परिचयपत्र प्रदान गरिने बताइन्।

उनले नेपालीले विदेशमा आर्जन गरेको आर्य र शिपलाई रोजगारी र स्वरोगजारी निर्माण गर्न प्रत्साहन दिने पनि बताइन्।

प्रदेश र स्थानीय तहमा वस्तुगत आधारमा समन्वय गरी स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्दै अर्थतन्त्रलाई सबलीकरण गरिने उनकाे भनाइ छ। विप्रेषणको सही उपयोग गरिने, सार्वजनिक खर्चलाई नतिजामूखी बनाइने र नतिजामा आधारित विकास सम्बन्धी छुट्टै व्यवस्था गरिने उनले बताएकी छन्।

यस्तै उनले तीनै तहको बजेट विनियोजनमा अनुशासन कायम गरिने, स्थानीय तहको राजश्व परिचालनका लागि उचित कानूनको व्यवस्था गरिने, डिजिटल बैंकिङको व्यवस्थामार्फत सबै कारोबार विद्युतीय माध्यममार्फत गरिने, विगतमा सञ्चालनमा आएका र हाल बन्द रहेका उद्योग पुनः सञ्चालनमा ल्याइने पनि उनले उल्लेख गरिन्।

कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख स्रोत बनाइने राष्ट्रपति भण्डारीले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved