निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयाे : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएकी छिन्।

नेपालभ्युज

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयाे : राष्ट्रपति भण्डारी
फाइल तस्वीर

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएकी छिन्।

मंगलबार संघीय संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन हुन नसकेका वडामा समेत निर्वाचन भएको उल्लेख गर्दै निर्वाचन स्वच्छतापूर्ण हिसाबले सम्पन्न भएको बताइन्।

उनले भनिन्, ‘‘आवधिक रुपमा लोकतान्त्रिक संस्थाहरुको निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण हुने गरेको छ। अनेक थरी शंकाका बाबजुत निर्वाचन सम्पन्न गर्न सक्दा सरकार सन्तुष्ट छ।’’

उनले स्थानीय तहको निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग, सुरक्षा निकाय र यस प्रक्रियामा संलग्न संघसंस्थाप्रति आभार व्यक्त गरिन्। नागरिकहरुको घरघरमा सेवा पुर्‍याउने स्थानीय तहको निर्वाचन सम्पन्न हुनुले लोकतन्त्र थप बलियो भएको उनकाे भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved