विद्यार्थी संगठनको ज्ञापन बुझ्दै मन्त्री बडूले भने, ‘पेट्रोलियम पदार्थको करको दायरा घटाउँछौं’

यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भनाइ

नेपालभ्युज

विद्यार्थी संगठनको ज्ञापन बुझ्दै मन्त्री बडूले भने, ‘पेट्रोलियम पदार्थको करको दायरा घटाउँछौं’

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले  पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन वातावरण बनाउने बताएका छन्।

१३ वद्यार्थी संगठनले बढ्दो पेट्रोलियम पदार्थको मूल्य घटाउन आज संयुक्त रूपमा मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्र बुझ्दै मन्त्री बडूले आयल निगम दैनिक ६ अर्ब ७१ करोड रुपैयाँ घाटामा रहेको भन्दै पेट्रोलियम पदार्थमा रहेको करको दायरा घटाउने यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने मन्त्री बडूले बताएका अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले नेपालभ्यूजलाई बताए।

अझै पनि पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा, डिजेलमा प्रतिलिटर २६ रुपैयाँ ८२ पैसा र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर ८७९ रुपैयाँ ७५ पैसा घाटा बेहोरिरहेको निगमले बताउँदै आएको छ।

निगमले आइतबार साँझ पुनः पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved