सरकारले आज संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

सरकारले आज आगामी आर्थिक वर्ष २०७९\८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९\८०को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छिन्।

नेपालभ्युज

सरकारले आज संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं। सरकारले आज आगामी आर्थिक वर्ष २०७९\८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९\८०को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छिन्। मङ्गलवार मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि राष्ट्रपति भण्डारीले संसदमा नीति तथा कार्यक्रम संसदमा पेश गर्नेछिन्।

यही नीति तथा कार्यक्रमका आधारमा आगामी १५ जेठमा बजेट संसदमा पेश हुनेछ।
सरोकारवालाहरूसँगको छलफलका आधारमा नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिइएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयको तयार गरेको मस्यौदालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि पुनरावलोकन गरिसकेको छ ।

नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धिसहित आयात प्रतिस्थापन र चुनावमुखी लोकप्रिय कार्यक्रमहरूमा बढी केन्द्रित हुने भएको छ। नीति तथा कार्यक्रमलाई सरकारले अन्तिम रूप दिइसकेको छ। नीति तथा कार्यक्रममार्फत सरकारी खर्च कटौतीका योजनाहरू पनि सार्वजनिक हुने जनाइएको छ।

आगामी आर्थिक वर्षमा विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको दायरा विस्तार गर्नेदेखि स्वदेशमै उत्पादन सम्भव भएको कृषिजन्य वस्तुको उत्पादनमा जोड दिने तयारी छ।

कृषि र उद्योग प्रवर्द्धन गर्दै तुलनात्मक लाभका क्षेत्रलाई सरकारले सम्बोधन गर्ने तयारी छ। राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिने गरी नीतिहरू आउने छन्। अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने र सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाइने समेत अर्थमन्त्रीले बताउँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved